दफा ३९
प्रदेश जीवनाशक विषादी व्यवस्थापन समिति
(१) जीवनाशक विषादीको बिक्री वितरण, भण्डारण, व्यवसायिक प्रयोग र विषादी छर्कने व्यवसायीलाई इजाजतपत्र दिने, नवीकरण गर्ने र सो कार्यको अनुगमन गर्ने, मन्त्रालयबाट तोकिएको मापदण्ड पालना गर्न लगाउने लगायतका विषादी सम्बन्धी कार्य गर्नका लागि प्रत्येक प्रदेशमा एक जीवनाशक विषादी व्यवस्थापन समितिको गठन हुनेछ।
(२) उपदफा (१) बमोजिमको समितिको गठन सम्बन्धित प्रदेश कानून बमोजिम हुनेछ।
(२) उपदफा (१) बमोजिमको समितिको गठन सम्बन्धित प्रदेश कानून बमोजिम हुनेछ।